पौडेल र नेम्वाङद्वारा एकअर्काको प्रशंसा

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार ११:५१

काठमाण्डाै – राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान चलिरहँदा दुवैले सँगै उभिएर एकअर्काको प्रशंसा गरेका हुन् ।

नेम्वाङकै  नेतृत्वमा देशमा संविधान आएको भन्दै पौडेलले भन्नुभयो, ‘उहाँ संविधानसभा अध्यक्ष भएर देशमा संविधान आएको हो, यो व्यवस्था ल्याउन नेम्वाङजीको धेरै ठूलो योगदान छ, त्यो योगदानको हामीले प्रशंसा गर्नुपर्छ’ पौडेलले भन्नुभयो ।

नेम्वाङले पनि पौडेलको प्रशंसा गर्दै जसले जिते पनि लोकतन्त्रले जित्ने बताउनुभयो । जो जिते पनि संविधान, लोकतन्त्र र कानुको शासनको पक्षमा हुने भन्दै उहाँले सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो । उहाँले जितको लागि आफूसहित पौडेललाई पनि शुभकामना व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*