राष्ट्रपति चयनका लागि मतदान सुरु, उम्मेदवार पौडेल र नेम्वाङद्वारा मतदान

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार ११:४१

काठमाण्डाै – राष्ट्रपति चुनाव अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा अघि बिहान १० बजेदेखि मतदान सुरु भएको छ । राष्ट्रपतिका उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेकाठमाण्डाै – राष्ट्रपति चुनाव अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा अघि बिहान १० बजेदेखि मतदान सुरु भएको छ । राष्ट्रपतिका उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गर्नु भएको छ ।

पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । मतदान सकिएपछि मतगणना सुरु गर्ने र बेलुका आठ बजेभित्र परिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी रहेको छ ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्माण गरिएको छ । राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् ।

सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ । सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिनअघि निधन भएको थियो । यसपालि राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुँदैछ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन ।

मतदान र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ मा सकिँदैछ ।का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गर्नु भएको छ ।

पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । मतदान सकिएपछि मतगणना सुरु गर्ने र बेलुका आठ बजेभित्र परिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी रहेको छ ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्माण गरिएको छ । राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् ।

सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ । सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिनअघि निधन भएको थियो । यसपालि राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुँदैछ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन ।

मतदान र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ मा सकिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*