मकवानपुरमा खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार १०:२२

हेटौंडा । मकवानपुरमा खोलामा माछा मार्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ की ४३ वर्षिय मुना लिम्बुको राप्ती खोलामा माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अचानक छारेरोगले समातेपछी खोलामा लडि पानीमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राखेको, मुचुल्का तथा थप अनुसन्धान कार्यको लागी प्रहरीको टोलि खटिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*