सुरक्षा र मानवले गरे टीकाटालो, आज विवाह

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार ०७:३५

विवाहको अघिल्लो दिन अर्थात् हिजो बुधबार अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले टीकाटालो इन्गेजमेन्ट गरेका छन् । दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा उनीहरुले एकअर्कासँग औंठी साटासाट गरेका हुन् । सुरक्षाले टीकाटालोपछिको एक तस्विर सामाजिक सञ्जालमा राख्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

आज बिहीबार चितवनको सौराहामा उनीहरुको विवाह हुँदैछ । विगत ६ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका सुरक्षा र मानवले केही म्यूजिक भिडियोमा सहकार्य समेत गरेका छन् । इन्जिनियरिङ पढेर फिल्म ‘सुस्केरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘भैरे’, ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’ लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छन् ।

त्यस्तै, फिल्म ‘अन्तराल’बाट अभिनेताको रुपमा डेब्यू गरेका मानवले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ फिल्ममा पनि काम गरेका छन् । अस्कार फिल्म कलेजबाट ब्याचलर सकाएर फिल्ममा होमिएका उनले ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो’ आदि गीतमा आवाज समेत भरेका छन् । साथै, मानवले लोकप्रिय गीत ‘कालो केशमा रेलिमै’सहित केही म्यूजिक भिडियोको निर्देशन पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*