प्यालेस्टाइनमाथि नेपालको सानदार जित

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार ०७:१५

एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले प्यालेस्टाइनमाथि सानदार जित गरेको छ । फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले जित हासिल गरेको हो ।

खेलमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् । गरिमा राईले दुई गोल गरिन् । खेलको २१ औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । गरिमाले २९ औं मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा २-० ले अघि रहेको थियो । खेलको ६४ औं मिनेटमा दिपाले दोस्रो गोल गर्दा नेपाल ३-० ले अघि रह्यो । ७५ औं मिनेटमा दिपाले ह्याट्रिक पूरा गर्दा नेपालको अग्रता ४-० बन्यो । खेलको ८३ औं मिनेटमा गरिमाले अर्को गोल गर्दा नेपाल ५-० ले अघि बढेको थियो ।

खेलको ८५ औं मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपाल ६-० ले विजयी भयो । जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । छनोटको समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । अब दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ ।छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म चल्नेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्न पाउने छ ।​ उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*