११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा हेटौंडामा रक्तदान

हेटौंडा । ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा ७१ औ अनेमसङ्घ स्थापना दिवसको उपलक्ष्यमा अखिल नेपाल महिला संघ जिल्ला कमिटीको आयोजनामा रत्तदान कार्यक्रम सप्पन्न भएको छ । अनेमासंघ मकवानपुरका अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेमासंघ केन्द्रीय सचिवालय सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, अनेमसङ्घ केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुर इन्चार्ज पद्मा पौडेल लगायतको आतिथ्यता रहेको थियो । पार्टी तथा अनेमसङ्घको केन्द्र ,प्रदेश ,जिल्ला पदाधिकारी ,सचिवालय सदस्य, सदस्य ,नगर अध्यक्ष ,पदाधिकारी ,विद्यार्थी संगठनको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित रहेका धेरैले रक्तदान गरेका थिए ।
यसैगरी आजै ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा ७१ औ अनेमसंघ स्थापना दिवसको उपलक्ष्यमा अनेमसङ्घ युवा महिला कमिटीको आयोजनामा सुत्केरी पोषण तथा फलफूल बितरण कार्यक्रम भएको छ । अनेमासंघ युवा महिला कमिटीका अध्यक्ष सुशिला मल्लको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य जुनेलीमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा एमाले मकवानपुरका मेनुका दाहाल, जुना दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई फलफुल तथा पोसिलो खानेकुरा वितरण गरिएको थियो ।