नेपालले पायो अतिकम विकसित देशहरुको ग्लोबल समन्वय ब्यूरोको जिम्मा

जनपत्र
२४ फाल्गुन २०७९, बुधबार १२:४८

unn.prixa.net

काठमाण्डौ – नेपालले अतिकम विकसित देश (एलडीसी) को ग्लोबल समन्वय ब्यूरोको अध्यक्षको जिम्मेवारी पाएको छ ।

कतारको राजधानी दोहामा भएको अतिकम विकसित देशहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई ग्लोबल समन्वय ब्यूरोको नेतृत्व प्रदान गरेको हो ।

एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच नेपाललाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण हुनेछ ।

मार्च ५ तारिख अर्थात् गएको आइतवार देखि दुई दिनसम्म दोहामा भएको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभएको थियो।

सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट विकासशील देशमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्‍याएको थियो । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ गएराति स्वदेश फर्किनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*