नेपाली सेनाद्वारा ललितपुरमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर उपचार शिविर

जनपत्र
२४ फाल्गुन २०७९, बुधबार ११:२९

काठमाण्डौ – नेपाली सेनाले आज ललितपुरमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर उपचारको शिविर सञ्चालन गर्दैछ ।

सैनिक श्रीमती संघ र नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा सेनाले गोदावरी नगरपालिका वडा नम्बर–५ लेलेमा पाठेघरको मुखको क्यान्सरको स्कृनिङ् सम्बन्धि शिविर सञ्चालन गर्न लागेको हो।

शिविर अहिले विहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म चल्नेछ । परीक्षणको लागि दिउँसो २ बजेसम्म नाम दर्ता गराउन सकिने सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*