नेकपा सचिवालय बैठक फेरि स्थगित, स्कुल विभागकाे टुङ्गाे लाग्न सकेन

जनपत्र
१४ श्रावण २०७६, मंगलवार ०६:१६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साेमबारको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाँकिएको बैठक बिनानिष्कर्ष सकिएको हो ।

मुख्यतया: स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक स्थगित भएकाे हाे । माधवकुमार नेपालले अझै गहन गृहकार्य गर्न बाँकी रहेकाले साेमबारको बैठक सकिएको जानकारी दिनुभयो । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा विवाद हुँदै आएको छ ।

स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की समेतको दाबी छ । प्रवक्ता श्रेष्ठले पार्टीमा रहेका कुनै पनि विभागका बारेमा निर्णय नभएकाले स्कुल विभागको मात्र विवाद नरहेको बताउनुभयो । ‘कुनै पनि विभागका बारेमा कुनै निर्णय गरेको छैन, त्यसकारण कुनै एउटा विभागको विवाद छ भन्न मिलेन’, उहाँले भन्नुभयो । उहाँका अनुसार अर्को बैठक यही साउन २८ गते दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*