लैगिंक समता मुलक समाज निर्माणका लागि हेटौंडामा द्धिप प्रज्वलन

जनपत्र
२४ फाल्गुन २०७९, बुधबार ०७:५९

हेटौडा । अन्तराष्ट्रिय महिला अधिकार दिबशको अबसरमा हेटौडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । हेटौडामा सबैले संयुक्त रुपमा द्धिप प्रज्वलन गरी सामुहिक रुपमा उद्धघाटन गर्दै संबिधानमा महिला, पुुरुष र यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको समान अधिकार भएकोले ब्यबहारमा कार्यान्वयनमा ल्याउन सन्देश दिईएको थियो ।

लैगिंक हिंसा बिरुद्ध पुरुष सहभागिता संजाल – मेन ईगेज एलायन्सका मकबानपुरका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता हेटौडा उपमहानगर पालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतीथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सामाजिक बिकाश मन्त्रालयका समाजिक बिकाश महाशाखाका चन्द कुमारी ब्यन्जनकार, हेटौडा उपमहानगर पालिकाको सामाजिक बिकाश महाशाखा प्रमुख बिष्णु कुमारी लामिछाने, महिला बालबालिका तथा जेष्ट नागरीक सेबा केन्द्र जिल्ला प्रहरी कार्यालयको चुडा कुमारी खड्का, फेन्ड् हेटौडाकोे प्रमुख किरण थापा, बुद्ध बिरलामा, जेरम घले, गणेश भण्डारी, दिप न्यौपाने, माया लामा ,दिपा गुरुगं , कुमारी बाईबा, चिरन्जीबि पौडेल, सानु घले लगायतको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी नगर प्रमुख मिना कुमारी लामाले लैगिंक हिंसा बिश्वमै सबै भन्दा बढि हुने मानब अधिकार को हनन् मध्येको एक भएकोले यसको अन्त्य गर्न आबश्यक छ । यती धेरै संघ सस्था र सरकार मिलेर गरेको कार्यक्रम सन्देश प्रभाह गर्नको लागि उपलब्धि मुलक भएको बारे बताउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*