इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते

जनपत्र
२४ फाल्गुन २०७९, बुधबार ०७:०४

इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कायरोको उत्तरमा एउटा रेल पटरीमा दुर्घटना भएको हो ।

रेल कल्युब सहरको रेल स्टेसन प्लेटफर्ममा ठोक्किएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । घटनास्थलमा करिब २० वटा एम्बुलेन्स घाइतेहरुलाई सहयोग गर्न पुगेका थिए ।

इजिप्टका यातायात मन्त्री कामेल इल–वाजिरले दुर्घटना के कारणले भयो भन्ने पत्ता लगाउन आदेश दिएका छन् । सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*