बालुवाटारमा माओवादी घटकको निष्कर्ष : यो प्रचण्डविरुद्धको मात्रै मुद्दा होइन

जनपत्र
२३ फाल्गुन २०७९, मंगलवार १३:३१

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई विभिन्न माओवादी घटकहरुले रहस्यमय भएको टिप्पणी गरेका छन् ।

यसबारे छलफल गर्न पूर्व माओवादी घटकका नेताहरु सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । सर्वोच्चको आदेशले संक्रणकालीन न्याय नै मर्ने भन्दै त्यस्तो स्थितिमा शान्ति सम्झौता नै खारेज हुने निष्कर्षमा आफूहरु पुगेको नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूविरुद्धको मुद्दा रहस्यमय रहेको बताएका थिए । यसमा आन्तरिक तथा बाहिरी षडयन्त्र रहेको समेत प्रचण्डले दाबी गरेका थिए । ‘शान्ति सम्झौताको एकजना हस्ताक्षरकर्ताविरुद्ध किन आयो भन्ने कुरा रहस्यमय छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यो षडयन्त्रकारी हो । यो खेल चाहिँ बाहिरका साम्राज्यवादीहरुले पनि गरेका छन् । आन्तरिकरुपमा पनि यो प्रतिगमनकारी प्रक्रिया हो ।’

रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यसअघि द्वन्द्वकालीन घटनाको अभियोगमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै रिट लिएर सर्वोच्च गएका थिए । सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट सर्वोच्चको आदेश अनुसार मंगलबार दर्ता भएको छ । यो घटनाले नजिकिएका माओवादी धारका नेताहरु आज बिहान बालुवाटारमा भेला भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*