साउदीको निर्माण क्षेत्रमा गैरकानुनी रूपमा काम गर्ने श्रमिक बढे

जनपत्र
२३ फाल्गुन २०७९, मंगलवार १२:३६

काठमाण्डौ – साउदीको निर्माण क्षेत्रमा पछिल्लो समय गैरकानुनी रूपमा काम गर्नेहरू बढेका छन् ।

गैरकानुनी श्रमलाई कम गर्न विभिन्न कार्यक्रम र उपायहरू अपनाउँदा पनि गैरकानुनी रूपमा श्रम गर्नेहरू बढेको साउदीको श्रम मन्त्रालयको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् ।

त्यहाँको श्रम मन्त्रालयका अनुसार साउदीको निर्माणको क्षेत्रमा पछिल्लो समय गैरकानुनी रूपमा काम गर्ने श्रमिकहरूको सङ्ख्या ठुलो सङ्ख्यामा रहेको छ ।

नियमित रूपमा अनुगमन र नियमन गर्दा गर्दै पनि निर्माणको क्षेत्रमा गैरकानुनी रूपमा काम गर्नेहरू बढ्नु दुःखद रहेको निर्माण क्षेत्रका विज्ञहरूले बताएका छन् ।

साउदीको श्रम कानुनी विपरीत काम गरिरहेकाहरू पक्राउ पर्ने क्रम पनि बढेको खबरमा उल्लेख छ ।

साउदीले सन् २०२० देखि स्पोन्सर प्रणालीमा सुधारका लागि विभिन्न श्रम सुधारका कामहरू गरिरहेको जनाएको छ ।

साउदीको पछिल्लो श्रम सुधारले रोजगार परिवर्तन, साउदीको आउने र जाने भिसा प्रक्रिया लगायतका कुराहरू समेटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*