होलीको क्रममा भक्तपुरमा १८ जना पक्राउ

जनपत्र
२३ फाल्गुन २०७९, मंगलवार ०८:०१

होलीको क्र ममा भक्तपुरमा सोमबार १८ जना मानिसहरु पक्राउ परेका छन् । साथै एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार होलीको क्रममा कुनै अप्रिय घटना भने हुन भएन ।

उनका अनुसार भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको उनले जनाए । होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँं ठाउँंमा सवारी चेकिंग गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*