अनलाइनमा लगानी गरे, दोब्बर नाफा हुन्छ भन्दै ठगी गर्ने एक जना पक्राउ

जनपत्र
२२ फाल्गुन २०७९, सोमबार ०८:४८

काठमाण्डाै – अनलाइनमा लगानी गरे दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ घर भइ अहिले काठमाण्डौको नरेफाँट बस्ने २४ वर्षका राज रोकायालाई प्रहरीले पक्राउ गरेको छ।

रोकायाले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरेबापत दोब्बर हुन्छ भनेर ईसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेको प्रहरीले जनाएको छ।

रकम पठाउनेहरुलाई रकमको नाफा पाउनका लागि फारम लगायत फाइदा आएको रकमबापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी कर लगायतका प्रयोजनमा रकम तिर्नुपर्छ भन्ने जस्ता बहाना बनाएर थप रकम लिएर ठग्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

रोकायाले अहिलेसम्म विभिन्न व्यक्तिसँगबाट ७ लाख ७५ हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*