प्रिमियर लिग : लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हरायो

जनपत्र
२२ फाल्गुन २०७९, सोमबार ०८:४५

unn.prixa.net

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको छ ।

गएराति भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २–२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल गरे ।

जितसँगै लिभरपुलले २५ खेलमा ४२ अङ्क जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा उक्लिएको छ । युनाइटेड ४९ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा नाेटम फरेस्ट र इभर्टनले २–२ गोलको बराबरी खेलेका छन् । नोटम फरेस्ट २६ अङ्कसहित १४औँ र इभर्टन २२ अङ्कसहित १८औँ स्थानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*