होलीको पूर्वसन्ध्यामा लोसपा नेताहरूको खुसीयाली

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता, कार्यकर्ताहरूले होली पर्व मनाएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालयको आयोजनामा लोसपाका नेता, कार्यकर्ताहरूले आपसमा रङ दलेर होली पर्व मनाएका हुन् ।
पात्रोअनुसार पहाडमा सोमवार (भोलि) र तराईमा मङ्गलवार होली पर्व मनाइने भए पनि होली पर्वको पूर्वसन्ध्यामा आजै लाेसपा नेता, कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा होली पर्व मनाएका हुन् । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा ‘होली मिलन समारोह’ को ब्यानरमा आयोजित कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरूसहित कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष ठाकुर, नेता महतोले उपस्थित सदस्यहरूलाई होली पर्वको शुभकामना दिनुभएको थियो । समारोहमा आपसमा रङहरू दलेर उत्सव मनाइएको थियो भने बाजागाजासहित गीत पनि गाइएको थियो ।