ठक्कर दिने सवारी चालकलाई कार्बाहीको माग गर्दै हेटौंडामा एक घण्टा राजमार्ग अवरुद्ध

जनपत्र
२१ फाल्गुन २०७९, आईतवार १६:०७

हेटौंडा । ठक्कर दिने सवारी चालक र सवारीका धनीलाई कानून बमोजिम कार्बाहीको माग गर्दै हेटौंडामा आज एक घण्टा राजमार्ग अवरुद्ध गरिएको छ । स्कारपीयोको ठक्करबाट एक जना कर्मचारीको मृत्यु भएपछी आफन्त र स्थानीय वासिन्दाहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी एक घण्टा राजमार्ग अबरुद्ध गरेका हुन् ।

आज दिउसो साढे १२–४० बजे देखि दिउसो साढे १–४० बज सम्म पूर्व पस्चिम राजमार्ग अबरुद्ध गरेका हुन् । हेटौंडा–१ चौकीटोलमा गाडीको ठक्करबाट शनिबार हेटौडा ६ चौघडा पुतलीबजारका ५२ बर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भए पनि आइतबार दिउँसोसम्म पनि सवारी चालकलाई कार्बाहीको लागि प्रहरीले वेवास्ता गरेपछी राजमार्ग अवरुद्ध गरिएको हा्े ।

प्रहरीले हिजो नै गाडी र चालकलाई पक्राउ गरेपनि कार्बाहीका तदारुपता नदेखाएपछी राजमार्ग अवरुद्ध गरिएको मृतकका भाई दिपक सापकोटाले वताउनुभयो । यता प्रहरीले भने ठक्करदिने सवारीको पहिचान नजिक पुगिएको जनाएको छ । गाडीको ठक्कर दिने सवारी चालकलाई नियन्त्रणमा प्रहरीले लिईसकेको र अब कार्बाही प्रक्रिया अगाडी वढाउने प्रहरीको प्रतिवद्धतापछि यातायात सुचारू भएको उहाँले वताउनुभयो ।

चौकिटोलमा मोटरसाइकललाई ठक्कर दिएर चालक सापकोटा ढल्दा समेत अस्पतालमा लैजानुको सट्टा स्कारपीयो भागेको र अहिले प्रहरी नियन्त्रणमा रहेकाले निस्पक्ष रुपमा छानविन गरेर कार्बाही गर्नुपर्ने मृतकका अर्का भाइ रोशन सापकोटाले वताउनुभयो ।

यातायात कार्यालय एकान्तकुनामा कार्यरत कृष्ण शनिबार हेटौँडामा रहेको घर आउने क्रममा प्रहरी चौकी नजिकै रहेको तिरतिरेधारा परिषरमा गाडीले ठक्कर। दिएर मृत्यु भएको थियो । मोटरसाईकलमा सबार रहेका उहाँलाई स्थानीयले देखेपछि हेटौँडा अस्पताल ल्याएको तर अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो ।

आफन्त र स्थानीयसंगको छलफलमा ठक्कर दिने सवारीको करिब पहिचान भएको र कारवाही गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि डेढ घण्टादेखि अवरूद्ध राजमार्ग सुचारू भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारीको पहिचान, दोषीलाई कारवाही हुनुपर्ने स्थानीय र आफन्तको भनाई छ । मकवानपुर प्रहरीले भने शंकास्पद केही सवारी जिल्लाका विभिन्न क्षेत्रमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । मृतकका आफन्तहरुले यो रातो सवारीको ठक्करबाट सापकोटाको मृत्यु भएको दावि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*