झन्डै ३१ अङ्कले घटेर शेयर बजार राताम्मे

जनपत्र
२१ फाल्गुन २०७९, आईतवार १५:३७

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३० दशमलव ७७ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*