विश्व खाद्यले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर्न इन्सेकको माग

जनपत्र
२१ फाल्गुन २०७९, आईतवार १५:२४

काठमाडौं । विश्व खाद्य कार्यक्रमले कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याएको चामल गुणस्तरहीन पाइएकोमा ध्यानाकर्षण भएको जनाउँदै इन्सेकले पूर्व परीक्षणको माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले विज्ञप्ति निकालेर विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर्न माग गरेका हुन् ।

‘५४ हजार किलो भिजेको, मक्किएको र गन्हाएको चामल नेपाल भित्र्याउन लागिएको घटनालाई हामीले नेपाली जनताको स्वस्थ्यकर खाद्यान्नको हकविरुद्ध र विशेषत: बालबालिकाको सर्वोत्तम हित प्रतिकूल गम्भीर हेलचेक्र्याँइ ठानेका छौ’, विज्ञप्तिमा भनिएको छ ।

नेपालका दुर्गम क्षेत्रमा कामका लागि खाद्यान्न तथा दिवाखाजाजस्ता कार्यक्रम अन्तर्गत विश्व खाद्य कार्यक्रमले ४५ वर्ष अघिदेखि खाद्यान्न वितरण गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*