प्रहरीद्वारा १०६ केजी गाँजा बरामद

जनपत्र
२१ फाल्गुन २०७९, आईतवार ०६:५३

धनकुटाको साँगुरीगढी गाउँपालिका–८ सिंखुलाबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ सय ६ केजी बरामद गरेको छ । गएराति प्रहरीको गस्ती टोलीले सो गाँजा बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीलाई देख्नासाथ को.१ ज १८११ नम्बरको पिकअप गाडी चालकले गाडी छाडी फरार भएपश्चात गाडी जाँच गर्नेक्रममा पिकअपमा लोड गरी राखेका सो गाँजा प्रहरीले बरामद गरेको हो ।

चार वटा बोराभित्र रहेको सो गाँजा प्रहरीले फेला पारी बरामद गरी हाल फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*