साउदीमा इकामा छैन वा हुरुब लागेको छ ? त्यसो भए दूतावासमा आफ्नो विवरण टिपाउनुहोस्

जनपत्र
१९ फाल्गुन २०७९, शुक्रबार १२:५०

काठमाण्डौ – तपाईँ साउदीमा कार्यरत हुनुहुन्छ र इकामाको म्याद सकिएको छ या कम्पनीले हुरुब लगाइदिएको छ । यदि छ भने साउदीमा रहेको नेपाली दूतावासले इकामाको म्याद सकिएका र हुरुब लागेका वा जरिवाना लागेका नेपाली श्रमिकहरूको विवरण सङ्कलन गरिरहेको छ ।

दूतावासले इकामा नभएका, हुरुब लागेका श्रमिकहरूलाई एक्जिट भिसा प्रक्रियाका लागि समेत सहयोग गरिरहेको छ । इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको छ तर कम्पनी वा कफिलले इकामा नवीकरण गरिदिएको छैन भने, साउदी पुगेको तीन महिनाभन्दा बढी भइसक्दा पनि कम्पनीले इकामा बनाइदिएको छैन भने दूतावासमा आफ्नो नाम टिपाउनुहोला ।

यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन सकिन्छ ।

यस्तो अवस्थामा भएका नेपालीहरूको विवरण साउदीमा रहेको नेपाली दूतावासले सङ्कलन गरिरहेको छ । आफूलाई भएको समस्या सहित साँचो विवरण टिपाउन दूतावासले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*