धुमधामसँग किन गरियो गधाको बिहे ?

पहिले ब्याण्ड बाजा अनि फेरि आतिशबाजीसँगै गधाको एक जोडीको बिहे । यो सुन्दैमा अनौठो लाग्दछ, तर सत्य घटना हो । छिमेकी मुलुक भारतको तेलंगाना राज्यमा पर्ने बोवनपल्लीस्थित नल्ला पोचम्मा मन्दिरमा हालै हिन्दु रितिरिवाज अनुसार एक जोडी गधाको बिहे गराइएको हो । गधाको बिहे गराइदिनुको कारण निकै अनौठो छ ।
गाउँलेहरुका अनुसार द्वापर युगमा कृष्ण भगवानका पिताले समस्याबाट पार पाउनका लागि गधाको पाउ छोएका थिए । सोही किम्बदन्तीका आधारमा गधाको पाउ छोएर कन्यादान गरेमा शुभ हुने र समस्या हट्ने आम विश्वास छ । एजेन्सीको सहयोगमा