गम्भीर मानवीय त्रुटीले ग्रीसमा रेल दुर्घटना : ४३ जनाको मृत्यु

यातायात मन्त्रीले दिए राजीनामा
जनपत्र
१८ फाल्गुन २०७९, बिहीबार ०७:४२

ग्रीसका प्रधानमन्त्रीले त्यहाँ भएको रेल दुर्घटनालाई गम्भीर मानवीय त्रुटी भएको बताएका छन्। घटनास्थलको अवलोकनपछि उनले यस्तो बताएका हुन्।

मंगलबार दिउँसो ग्रीसमा मध्य शहर लारिसा नजिकै ३५० जना यात्रु बोकेको रेल दुर्घटना भएको हो। उक्त रेल समान लिकबाट आइरहेको मालवाहक रेलसँग ठोक्किएको थियो। दुर्घटनामा मृत्यु हुनेको संख्या ४३ पुगेको छ। दुवै रेल एउटै ट्याकमा कसरी चलेका थिए भन्ने विषयमाथि समेत अनुसन्धान सुरु भएको खबरमा उल्लेख छ।

घटनापछि स्थानीय स्टेसन मास्टरमाथि ज्यान मारेको आरोप लगाइको छ। दुर्घटना लगत्तै यातायात मन्त्रीले राजीनामा दिएका छन्। उक्त क्षेत्रमा अहिले पनि उद्धारको काम भइरहेको बीबीसीले खबरमा लेखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*