शीर्ष स्थानको आर्सनलको सहज जित

जनपत्र
१८ फाल्गुन २०७९, बिहीबार ०७:२२

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ ।

गयराति भएको खेलमा एभर्टनमाथि ४-० गोलको जित दर्ता गर्दै ३ अंक थप गरेपछि आर्सनलको २५ खेलबाट ६० पुगेको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ५५ अंक रहेको छ ।

गयराति आर्सनललाई जिताउँदा ४० औं मिनेटमा बकायो साकाले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा ग्याब्रिएल मार्टिनेलीले अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोल गरेको आर्सनलले दोस्रो हाफमा पनि सोही लयलाई निरन्तरता दिएको थियो ।

७१ औं मिनेटमा मार्टिन ओडगार्डले आर्सनलको अग्रता तेब्बर बनाएका थिए ।

ग्याब्रिएल मार्टिनेलीले व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गर्दै फराकिलो जित पक्का गराए ।

पराजित भएको एर्भटन भने २१ अंकका सात पुछारबाट तेस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*