हेटौंडामा पाँच दिने सूचना प्रविधि मेला हुने

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार १८:५६

हेटौंडा । हेटौंडामा पाँच दिने सूचना प्रविधि मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हेटौंडामा सूचना प्रविधी मेला हुन लागेको हो । मेलाका विषयमा आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको थियो । हेटौंडाको रोयल पार्टी प्यालेसमा सूचना–प्रविधि (क्यान इन्फोटेक) मेला हुने भएको हो ।

चैत २ गतेदेखि ६ गतेसम्म हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा मेला आयोजना हुने मेलाका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले बताउनुभयो । मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, वीमासम्बन्धी प्र्र्र्र्र्रदर्शनी तथा विक्री स्टल रहने जनाएको छ । मेलामा कुल ४० वटा स्टल रहने छ । कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सीसी टिभी तालिम हुने जनाएको छ । यस्तै शिक्षक, विद्यार्थी तथा युवालक्षित साइवर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत सञ्चालन हुने जनाएको छ ।

मेलामा रोबार्ट र पब्जी प्रतियोगिताको आयोजना हुनेछ । गेममा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ । रोबार्ट र पब्जी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिने मेलाका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुडासैनीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*