दुई महिनामा भित्रिए १ लाख २८ हजार ३२९ पर्यटक, बढ्न थाले चिनियाँ

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार १५:४३

काठमाडौं । सन् २०२३ को दुई महिनाको अवधिमा १ लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन् । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

चीन सरकारले ६ फेब्रुअरीबाट आफ्ना नागरिकलाई भ्रमणमा जान खुला गरेको छ । यसको सकारात्मक प्रभाव नेपालमा समेत देखिन थालेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । समग्रमा भने भारत र अमेरिकी पर्यटकको संख्या बढी देखिएको छ ।

फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*