मोरक्को र पीएसजी डिफेन्डर हाकिमीलाई बलात्कारको आरोप

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेण्डर अच्रफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।
मोरक्कोका डिफेन्डर समेत रहेका हाकिमीलाई लागेको आरोपबारे प्रारम्भिक अनुसन्धान सुरु भएको र यसलाई अनुसन्धानको नजिकको स्रोतले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
एक २४ वर्षीया महिलाले पेरिस सेन्ट जर्मेनका फुल ब्याकले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।
ती महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको स्रोतले बताएको छ । पेरिसको पश्चिमी उपनगरमा रहेको नान्टेरेमा मुद्दा ह्यान्डल गर्ने सार्वजनिक अभियोजकको कार्यालयले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेपनि अनुसन्धान सुरु भएको पुष्टि गर्यो ।