केपी ओली कप फुटबलको फाइनल आज

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार १३:०१

काठमाण्डाै – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल खेलमा आज सातदोबाटो र मच्छिन्द्र खेल्दै छन् ।

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*