पोखरामा कार्यकर्ताबाटै कुटिए वडाअध्यक्ष

जनपत्र
१३ श्रावण २०७६, सोमबार ०६:२८

पोखरा महानगरपालिका वडा नम्बर-२१ का वडा अध्यक्षमाथि हातपात भएको छ ।आइतबार राष्ट्रबैंक चोकमा वडाअध्यक्ष खगराज आचार्यमाथि स्थानीय दाताराम आचार्यले हातपात गरेका हुन् ।  हातपात भएको कुरा वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले पुष्टि गरे । कुटपिटमा संलग्न दातारामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न आचार्य पहिले वडा नम्बर २१ कै हुन। अहिले बसाइँ सरेर वडा १७ बस्दै आएका छन् । ‘राष्ट्रबैंक चोकमा जुस खाइरहेको थिएँ’, वडा अध्यक्ष आचार्यले भने, ‘रक्सी पिएर आएको रहेछ। एक्कासि पछाडिबाट आएर गर्धनमा हान्यो। त्यही वरिपरि भएकाहरुले मलाई बचाए ।मलाइ दाताराम आएको थाहा भएन। ’ प्रत्यक्षदर्शी एकजनाले पनि वडाअध्यक्ष माथी हातपात भएको बताए । उनले भने, ‘वडाअध्यक्षले जुस खाइरहको देखेका थियौँ । एक्कासि त्यो मान्छे आएर गर्धनमा हान्यो,, हामी थप कुटपिट हुन दिएनौँ ।’  आचार्य नेकपाबाट उमेद्वार बनेर अध्यक्ष पदमा निर्वाचित भएका हुन। उनलाई कुटपिट गर्ने पनि नेकपाकै कार्यकर्ता भएको स्रोतले जानकारी दियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*