मकवानपुरगढीमा क्रसर उद्योगको दोहनः जमिन भासिनेगरी उत्खनन्, पालिकालाई बुझाउँदैनन् राजश्व

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार ०८:२२

हेटौंडा । मकवानपुरगढीमा क्रसर उद्योगको दोहन बिगत डेढ महिना देखि चलिरहेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमल्टारमा आमभन्ज्याङ् एग्रिगेट क्रसर उद्योगले जमिन भासिनेगरी उत्खनन् गर्दा पनि पालिकाका कर्मचारीहरु रमिते बनेर बसेका छन् ।

क्रसर उद्योगले आफ्नै परिषरमा लामो समयदेखि जमिन भासिनेगरी ढुङ्गा, गिट्टी वालुवा उत्खनन् गरिरहेको स्थानीय वासिन्दाहरुले वताएका छन् । क्रसर उद्योगको एक्साभेटरले मकवानपुरगढीको सिमल्टारको बस्तीनै जोखिममा पार्नेगरी निकै गहिरो उत्खनन् गरेर संकलन गरेको ग्राभेलको राजश्व रकम समेत गाउँपालिकालाई बुझाएको छैन ।

गाउँपालिका, जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला अनुगमन समितिले अनुगमन गर्न आउँदा नदेखिनेगरी निरन्तर उत्खनन् गर्ने र क्रसरले उत्पादन गरेको काम नलाग्ने डस्टले त्यस खाल्डो पुर्ने गरिएको स्थानीय प्रतक्षदर्शीहरु वताउँछन् ।

आमभन्ज्याङ् एग्रिगेट क्रसर उद्योगले आफ्नो उद्योग परिषरको सबै क्षेत्र उत्खनन् गरेर गाउँपालिकालाई राजश्व रकम पनि नबुझाउने र ग्राभेल पनि निकालिरहने गर्दै आएको छ । जमिन मुनीबाट निकालेर पुन काम नलाग्ने डस्टले पुरेपछी उत्खनन् भएको भनेर अरुले अनुगमन गर्दा पनि पत्ता नलगाउनेगरी खनिएको प्रतक्षदर्शीहरु वताउँछन् ।

यस क्रसर उद्योगले सयौटिप टिप्परको ग्राभेल उठाएपनि पालिकालाई सहजै रुपमा राजज्व छली गर्नेर पालिकाका कर्मचारीलाई समेत प्रभावमा पारेको छ ।
निकै गहिराइमा जमिन खनेर डस्टले पुर्ने सृखलाले गर्दा सिमल्टार वरपरको वस्ती समेत जोखिममा परेको हो ।

यता क्रसर उद्योगले भने आफ्नै निजी जमिनको ग्राभेल उत्खनन् गरिएको भन्दै आएको छ । मकवानपुरगढी गाउँपालिकाका राजश्व साखाका प्रमुख प्रकाश न्यौपानेले भने निजी जमिनको ग्राभेल उत्खनन् गर्दा पनि आईई गरेर मात्र उत्खनन् गर्न पाउने वताउनुहुन्छ ।

निजी जमिनबाट उत्खख गरेको ग्राभेलको पनि गाउँपालिकालाई राजश्व रकम बुझाउनुपर्ने उहाँ वताउनुहुन्छ । जमिन मुनीको ग्राभेलको स्टक सामाग्रीका रुपमा कहिले पनि कुनैपनि निकायले नापजाँच गरेको छैन । तर, जमिन भित्रको सामाग्री पनि स्टक भनेर क्रसर उद्योगिहरुले जनप्रतिनिधी र कर्मचारीको आँखामा छारे हालिरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अरु कार्यपालिकाका सदस्यहरुलाई समेत जानकारी नदिइकन फरक तरिकाको सेटिङमा नदिजन्य पदार्थको दोहन भइरहेको छ । यसबाट स्थानीय वस्ति जोखिममा परेको छ भने पालिकालाई प्राप्त हुने लाखौ रुपैयाँको राजश्व रकम गुमेको स्थानीयहरु वताउँछन् । निरन्तर उत्खनन् गरेपनि पालिकालाई राजश्व वापतको रकम नबुझाएको न्यौपाने वताउनुहुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*