सशस्त्र प्रहरीद्वारा २५८ केजी गाँजा बरामद

सुनसरीको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडक खण्डबाट सशस्त्र प्रहरीले करिब २ सय ५८ केजी गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीका नायव प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार भुटाहाबाट घुस्कीतर्फ आउँदैगरेको बी।आर। १ ए। के। ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँचगर्दा सो परिमाणको गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरीले सो गाडी रोक्नेवित्तिकै गाडी चालक गाडी छाडेर भागेका थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा फेला परेको थियो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको थापाले बताए ।