आजको मौसम : पहाडी भूभागको एक दुई स्थानमा आज पनि हल्का वर्षा हुने
देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशका पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।
सोहीअनुसार भोलि १८ गते बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । सो प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।
त्यस्तै फागुन १९ गते शुक्रबार प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागको भनाइ छ । सो दिन देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र पहाडी भूभागमा हुने बदलीले चिसो बढ्ने हुनाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।






