टर्‍यो सम्भावित विमान दुर्घटना

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार ०७:०४

अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए। सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी ९भर्टिकल सेप्रेसन० कायम गरी अवतरणको पालो कुरिरहेका थिए।

होल्डमा रहेका जहाजमध्ये बुद्ध एयरको जहाज ११ हजार पाँच सय फिटमा, नेपाल वायुसेवा निगमको जहाज १२ हजार पाँच सय फिटमा र कतार एयरवेजको जहाज १३ हजार पाँच सय फिटमा रहेका थिए। पहिलो अवतरण गर्ने पालो बुद्व एयरको थियो। विमानस्थलमा रहेका एटीसी ९एयर ट्राफिक कन्ट्रोलर०ले अवतरणको अनुमति कसैलाई दिएको थिएन।

अवतरण अनुमतिको पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले निगमसँगको दूरी एक हजार फिटबाट दुई सय फिटनजिक बनाएपछि दुर्घटनाको सम्भावना बढ्न पुगेको थियो। अनुमति र बिनाकुनै जानकारी एक्कासि कतार एयरवेजको जहाज १२ हजार आठ सय फिटमा आएपछि निगमको ट्राफिक कोलिजन एभोडेन्स सिस्टम ९टिकास०मा अलर्ट आएको र निगमका पाइलटले एटीसीलाई रिपोर्ट गरेपछि कतारले जहाज थप उचाइमा लगेको थियो।

त्यतिन्जेल बुद्धले अवतरण गरिसकेकाले जहाजको उचाइ दूरी सन्तुलन गर्न सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार के कति कारणले कतारको पाइलटले जहाज तल ल्याए भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*