सरकारको नालायकीपनको कारण किसानले मल पाउन सकेन्– साँसद बतौला

हेटौंडा । नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब तथा तथा मकवानपुर २ वाट प्रतिनिधि सभामा निर्वाचित साँसद महेश बर्तौलाले सरकारको नालायकीपनको कारण किसानले मल पाउन नसकेको बताउनु भएको छ । सांसद वर्तौलाले आफ्नो क्षेत्रमा अहिले बालि लगाउने बेला भएको र किसानहरू अनुदानको मल समेत महंगोमा खरिद गर्न बाध्य भएको बताउनु भएको छ ।
नेकपा एमालेको थाहा नगरमा आयोजित, मिसन ग्रासरूट अभियानमा बर्तौलाले आफु किसानका लागि मल माग्दै जिल्ला देखी संघिय मन्त्रालय सम्म “किसानलाई मल देउ सरकार” भनेर मन्दै हिडिरहेको स्पष्ट पार्नु भयो । आफुले संघिय संसदमा पनि ०७९ माघ २९ गते सभामुख र सदन माफत मल मागेका स्मरण गर्नु भयो।
सांसद, बतौलाले आफुले चुनाव जितेर निर्वाचन आयोगबाट प्रमाणपत्र लिनासाथ मल माग्न कृषि सामाग्री कम्पनी तथा साल्ट ट्रेडिङ पुगेको बताउनु भयो। एमालेले अहिले देशब्यापी “मिसन ग्रासरुट सञ्चालन गरिरहेको छ। थाहा नगरमा यस मिसनमा एमाले केन्द्रिय कमिटी मार्फत खेम लोहनी खटिनु भएको छ ।