‘बहाव’ ट्रेलरमा विद्रोही सुरक्षा

जनपत्र
१६ फाल्गुन २०७९, मंगलवार ०७:२५

आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट १४ सेकेन्ड लम्बाईको ट्रेलर अभिनेत्री सुरक्षा पन्तको वरिपरि घुमेको छ । उनले परिवारसँग गरेको विद्रोह र त्यसले उत्पन्न जटिल परिस्थितिलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरले फरक फिल्म बनेको संकेत गर्छ ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्ममा सुरक्षाका अलावा कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतको अभिनय छ । ट्रेलर रिलिज कार्यक्रममा सुरक्षाले फिल्ममा जोडिनु आफैंमा सुखद क्षण भएको बताउँदै ‘बहाव’ परिवारभित्रको विद्रोहको कथा रहेको प्रष्ट्याइन् । फिल्मले सबै नेपालीले भोगिरहेको कथा भन्ने उनको भनाई छ ।

निर्देशक तथा लेखक कँडेलले फिल्म वास्तविक घटनाबाट प्रेरित रहेको जानकारी गराउँदै हरेकले आफ्नो घरभित्रको कथा महसूस गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्नलाई राजी भएको खुलाए । ‘बहाव’को कथा आफूलाई फरक लागेको पनि उनले बताए । श्रीधरले यसअघि फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन तथा मिक्सिङ छ । ‘छड्के २’ निर्देशक निगम श्रेष्ठको प्रोडक्सन डिजाइन रहेको फिल्मलाई आरआर फिल्मस्ले देशभर वितरण गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*