बिद्युत प्राधिकरणको मोबाईल एप संचालनमा, के-के छन् सुविधा ?

जनपत्र
१६ फाल्गुन २०७९, मंगलवार ०७:०३

नेपाल बिद्युत प्राधिकरणले मोबाईल एप संचालनमा ल्याएको छ । प्राधिकरणले आफ्ना ग्राहकलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले मोबाईल एप सार्वजनिक गरेको जनाएको छ ।

एप मार्फत ग्राहकहरुले मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीहरू प्राप्त गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

आफ्नो मोबाइलको Play Store वा App Store मा गई NEA Official App डाउनलोड गरी आफ्नो ग्राहक विवरणहरू रजिस्टर गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*