रूस–युक्रेन युद्धको एक वर्ष : दुबईको मरुभूमिमा गहुँ फलाउने समय

जनपत्र
१५ फाल्गुन २०७९, सोमबार १३:२१

काठमाडौं । ठीक एक वर्षअघि आजैका दिन २४ फेब्रुअरी २०२२ मा रूसले छिमेकी युक्रेनमाथि सैन्य हमलाको घोषणा गर्‍यो ।

रणनीतिक स्वार्थका कारण सधैं टकरावमा रहने गरेका दुई छिमेकी मुलुक एक्कासी युद्धमा होमिएपछि संसारभरको आपूर्ति र अर्थव्यवस्था प्रभावित बन्यो । इन्धनको मूल्य वृद्धिदेखि खाद्यान्न ढुवानीसम्म विश्व अर्थतन्त्रको चक्र बिथोलियो । गहुँ, मकै जस्ता खाद्यान्नदेखि तोरी, सूर्यमुखी जस्ता तेलहनसम्मको उत्पादन र ओसार–पसार अवरुद्ध भयो ।

रूस–युक्रेन युद्धको समर्थन र विरोधमा अन्य मुलुकबाट भएका निषेधका प्रतिक्रियात्मक घटनाले विश्वलाई आर्थिक मन्दीतर्फ लग्यो । विश्व स्वास्थ्य संगठनले संसारभर खाद्य संकट हुने आकलन गर्‍यो । मरुभूमि मुलुक संयुक्त अरब इमिरेट्स (युएई)ले भने रूस–युक्रेन युद्धले विश्व प्रभावित भइरहेकै समयमा गहुँ उत्पादन गरेर आफ्नो खाद्य सुरक्षाको नयाँ बाटो पहिल्याएको छ ।

युएईको शारजाह मरुभूमिको रक्की माउन्टेनको मेलिहा क्षेत्रमा यतिबेला यसअघि कहिल्यै नदेखिएको हरियाली छाएको छ । आठवटा वृत्ताकार क्षेत्रमा देखिने लहलह बढिरहेको हरियालीमा अहिले गहुँको बाला पोटिलो बन्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*