स्थानीयलाई खुसी बनाउन बागमती गाउँपालिकामा आज र भोलि सार्वजनिक विदा

जनपत्र
१५ फाल्गुन २०७९, सोमबार ०८:४४

हेटौंडा । स्थानीयलाई खुसी बनाउन मकवानपुरको बागमती गाउँपालिकाले आज र भोलि सार्वजनिक विदा दिएको छ । यो फागुन महिनामा सार्वजनिक बिदा धेर भयो भनेर चौतर्फि बिरोध भइरहेको समयमा गाउँपालिकाले दुइ दिनका लागि सार्वजनिक बिदा दिएको हो । आइतबार गाउँपालिकाले सूचना जारी गर्दै सोमबार र मंगलबार दुई दिन विदा दिने जानकारी दिएको छ ।

मगर संघ स्थापना दिवस र माझी समुदायको पर्व लदी (कोशी पूजा) को अवसरमा गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो । गाउँपालिकाको आइतबार बसेको बैठकले फागुन १५ गते सोमबार मगर समुदायको ४१ औं स्थापना दिवसको सार्वजनिक विदा दिएको हो । यस्तै, फागुन १६ गते मंगलबार माझी समुदायको मौलिक पर्व लदी (कोशी पर्व)को अवसरमा विदा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*