बालुवाटारको जग्गा प्रकरणमा मुछिएका तत्कालीन नायब सुब्बा श्रेष्ठको शंकास्पद मृत्यु

जनपत्र
१३ श्रावण २०७६, सोमबार ०६:१२

बालुवाटारको ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा मुछिएका युक्तप्रसाद श्रेष्ठको आइतबार दिउँसो ज्यान गएको छ । पर्वतको फलेबास नगरपालिका ६, देवीस्थान घर भएका श्रेष्ठको काठमाण्डौको बालाजुमा रहेको हिमालय सिटी सेन्टरको साततला माथिबाट खसेर ज्यान गएको हो । प्रहरीका अनुसार सातौँ तलाबाट खसेका श्रेष्ठको उपचारका क्रममा पिपुल्स अस्पताल नयाँ बजारमा पुर्‍याउँदा ज्यान गएको हो ।

बालुवाटार जग्गा प्रकरणमा जोडिएका कारण श्रेष्ठको मृत्युलाई ‘शंकास्पद’ मानिएको छ । श्रेष्ठले आत्महत्या गरेको आशंका गरिएको छ । तर प्रहरीले यसबारे अनुसन्धान भैरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*