भक्तपुरमा एउटा घरको पर्खाल भत्किँदा अर्को घरका कामदारको निधन

जनपत्र
१४ फाल्गुन २०७९, आईतवार १६:३०

भक्तपुरमा एउटा घरको जग खन्नेक्रममा सँगै जोडिएको अर्को घरको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ का २३ वर्षीय मञ्जय भन्ने धर्मेन्द्र विकको पर्खालले पुरिएर निधन भएको हो ।

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित खरिबोट, बासुकी कोलोनी नजिक नरेफाँट बस्ने ६१ वर्षीय तुलसीप्रसाद गौतमको घरको जग खन्ने क्रममा सँगै जोडिएको रामप्रसाद ओलीको घरको पर्खाल भत्किँदा त्यहाँ काम गरिरहेका धर्मेन्द्र पुरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तत्काल उद्धार गरेर नागरिक अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*