किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा ललितपुरबाट पक्राउ परे चिनियाँ नागरिक, पाँच किशोरीको उद्धार

जनपत्र
१४ फाल्गुन २०७९, आईतवार १६:२९

प्रहरीले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई ललितपुरबाट पक्राउ गरेको छ।

शनिबार केन्द्रीय अनुसन्धान ब्युरोले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा चिनको फुजियान सेमावाङका ४९ वर्षीय याङ लि मिङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

उनका अनुसार मिङलाई भैंसेपाटीबाट पक्राउ गरिएको हो।

‘ती चिनियाँको घरबाट ५ जना किशोरीहरूको उद्धार समेत गरिएको छ,’ उनले भने, ‘अहिले बन्धक बनाई बलात्कार मुद्दामा अनुसन्धान गरिरहेका छौं।’

अहिले म्याद थप गरी अनुसन्धान गर्ने काम भइरहेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*