लोकतान्त्रीक तामाङ संघको केन्द्रीय उपमहासचिबमा मकवानपुरका मोक्तान र सचिबमा बल

जनपत्र
१४ फाल्गुन २०७९, आईतवार ०८:०१

हेटौंडा । नेकपा एमाले निकटको लोकतान्त्रीक तामाङसंघको केन्द्रीय उपमहासचिबमा मकवानपुरका सुनिल मोक्तान चयन हुनु भएको छ । त्यसैगरी सचिबमा बरिना बल चयन हुनु भएको छ ।

बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामाको अध्यक्षतामा काठमाण्डौंमा भएको अधिवेसनबाट मकवानपुरका मोक्तान र बल पदाधिकारीमा चयन हुनु भएको हो । मोक्तान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ को वडा अध्यक्ष र एमाले मकवानपुरको जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज हुनुहुन्छ ।
त्यसैगरी बल नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्छ ।

केन्द्रीय सदस्यहरुमा मकवानपुरका फुर्वा दोर्जे लामा, राम बहादुर गोले, दिल बहादुर स्याङतान, चन्द्र लोप्चन, नारायण बल, शुशिला मोक्तान चयन हुनु भएको छ । यसैगरी भेलाले बागमती प्रदेशमा पनि आयोजक कमिटी चयन गरेको छ । कमिटीका सदस्यहरुमा रत्न बहादुर ब्लोन, धनबहादुर योन्जन र जितबहादुर घलान मकवानपुरबाट आयोजक कमिटीमा चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*