बागमती प्रदेशः राप्रपाका मन्त्रीले राजिनामा दिएको मन्त्रालयमा तत्काल कांग्रेस र नेकपा एसबाट मन्त्री नियुक्त नहुने
हेटौंडा । बागमती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्रीहरु नियुक्त नहुने भएका छन् । प्रदेशमा हिजो राप्रपाका तीन जना मन्त्रीले राजिनामा दिएपनि नयाँ सक्ता गठवन्धनका तर्फबाट तत्काल मन्त्री नियुक्त नहुने भएका हुन् ।
बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपाका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले गएराति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पत्र बुझाएका छन् । राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा शहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजिनामा बुझाएका हुन् ।
उनीहरुले छोडेका तीन वटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने हुनु भएको छ । नयाँ सत्ता समिकरणमा नेपाली कांग्रेस र एकिकृत समाजबादी पार्टी यस प्रदेशमा भित्रिएको भएपनि राष्ट्रपतिको चुनाब अघि नयाँ मन्त्री नियुक्त नहुने भएका हुन् ।
राप्रपाले सम्हालेका तीन वटा मन्त्रालयमा तत्काल अरु मन्त्रीहरु नियुक्त नगरिने मुख्यमन्त्री जम्मकटेटेलले वताउनुभयो । केन्द्रमा राष्ट्रपतिको चुनावपछी मात्र यहाँका खाली भएका मन्त्रालयमा पनि मन्त्री नियुक्त गरिने उहाँले वताउनुभयो । आजबाट भने तीन वटै मन्त्रालयको जिम्मेवारी समेत आफैले सम्हाल्न थालेको वताउनुभयो ।






