बारको ४८औँ कार्यकारिणी परिषद् बैठक सुरु

जनपत्र
१४ फाल्गुन २०७९, आईतवार ०७:२१

नेपाल बार एशोसिएशनको ४८औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक आजदेखि सुरु भएको छ ।

बैठकको महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले उद्घाटन गर्दै स्वतन्त्र न्यायापालिकाको रक्षा, सुशासन र न्यायका लागि बारले निरन्तर काम गर्नुपर्ने बताए । बैठकमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले कानून व्यवसायी सच्चिनु जरुरी भएको र पेसागत धर्मलाई बिर्सन नहुने धारणा राखेका थिए ।

बैठकले बारको कामको समीक्षा, भावी योजना र भावी कार्यदिशासहितको घोषणापत्र जारी गर्दै मार्गनिर्देश गर्ने अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*