मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परेर दुइ जनाको मृत्यु

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार १९:२२

हेटौंडा/ मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा भएको दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

इन्द्रसरोबर गाउँपालिका–२ हेभिमा हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको बा ९० प २६०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक काठमाडौं डेरा गरि बस्ने ३५ वर्षीय बिकास जैसवाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार भरतीय नागरिक काठमाडौं डेरा गरि बस्ने १८ वर्षीय गौतम कुमार रहेका छन् । टाउँकोमा गम्भीर चोट लागेका कुमारको हेटौंडा अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

त्यस्तै मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मै बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी रहेकी छन् ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको उक्त मोटरसाइकल शनिबार बिहान आफै अनियन्त्रित भएर दुर्घटना हुँदा आसिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरी चौकी खानीखेतले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*