बागमती प्रदेश सरकारबाट बाहिरिँदै राप्रपाका ३ मन्त्री

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार १५:५९

हेटौंडा । बागमती प्रदेश सरकारबाट पनि राप्रपाका मन्त्रीहरूले राजीनामा दिने भएका छन्। केन्द्रका मन्त्रीहरूले आज राजीनामा दिएपछि राप्रपा प्रदेश सरकारबाट पनि बाहिरिन लागेको हो।

केन्द्रको निर्देशनअनुसार बागमती प्रदेशका मन्त्रीहरूले पनि राजीनामा दिन लागेको प्रदेशको उद्योग वन तथा वातावरण मन्त्री राजु विष्टले जानकारी दिए।

‘केन्द्रले हामीलाई पनि राजीनामा दिन भनिसकेको छ’, उनले भने,  ‘सोहीका लागि म हेटौंडा आउँदै छु। मसहित राप्रपाको सबै मन्त्रीहरूले भ्याए आज नभ्याए भोलिसम्ममा राजीनामा दिन्छौं।’

बागमती प्रदेशसभाका ११० सदस्यमध्ये राप्रपाका १३ सांसद छन्। जसमा भुवनकुमार पाठक सभामुख छन् भने विष्टसहित तीनजना मन्त्री छन्। राप्रपा बागमती संसदीय दलका नेतासमेत रहेका उद्धव थापा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री हुन् भने डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री छन्।

तीनै मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। सभामुख पाठकको हकमा भने अहिले कुनै निर्णय नभएको राप्रपाका एक सांसदले बताए। नेपाल खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*