बन्यजन्तु आतंक रोकथामका लागि सबै एक जुट भएर लागौं–प्रदेशसभा सदस्य पाठक
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभा आज भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशसभाका सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले वन उपभोक्ताहरुको अधिकारका लागि आफु लागिपरेको वताउनुभयो ।
सामुदायिक बनको संरक्षणमा सरकारी निकाय बाट निती बनाइ अगाडि बढ्नु पर्ने पाठकले वताउनुभयो । यो बन्यजन्तु आतंक रोकथामका लागि स्थानीय निकाय र सो सङ्ग सम्बन्धित सबै नियायले तत्कालै समाधानमा विशेष पहल कदमी यथाशीघ्र गर्नु पर्ने उहाँले वताउनुभयो ।
वनका अध्यक्ष बासुदेब प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केसी, डिभिजन वन कार्यालय हेटौंडाका अधिकृत दिपक अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।







