देशका केही ठाउँमा सामान्य हिमपात र वर्षाको सम्भावना

काठमाण्डाै – आज देशका केही ठाउँमा सामान्य हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
यस्तै प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित सामान्य वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । बाँकी भूभागमा मौसम सफा हुने महाशाखाले जनाएको छ ।
यस्तै आज राति प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।