नयाँ गठबन्धनले बदलिने भयो बागमती प्रदेश सरकारको समीकरण

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार ०९:१९

हेटौंडा । राष्ट्रपतिको निर्वाचनकालागि आठ दलको फरक गठबन्धन बनेपछि बागमती प्रदेशको विगतमा बनेको सत्ता गठबन्धन पनि धरापमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसहित सात दलका बीचमा ११ पुसमा भएको सहमति विपरित राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने गरी फरक गठबन्धन गरेपछि बागमती प्रदेश सरकारको समीकरण पनि बदलाव आउने परिस्थिति बनेको हो ।

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समर्थन गरेर चार वटा मन्त्रालय लिएको एमाले अब सरकारबाट बाहिरीने अवस्थामा पुगेको छ । सरकारबाट बाहिरीदा केन्द्र र सात वटै प्रदेशमा एकैपटक बाहिरीने तयारीमा रहेको छ । बागमती प्रदेशमा एमाले सरकारबाट बाहिरीएपछी कांगै्रेस प्रवेश गर्ने तयारी छ ।
केन्द्र र सातै प्रदेशमा सरकारमा रहेको नेकपा एमालेसहितका दल सरकारबाट बाहिरिएमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले पुनः आफ्नो पक्षमा बहुमत जुटाउनुपर्ने हुन्छ ।

सरकारमा रहेका दलले सरकार छोडे सत्ता समीकरणमा फेरबदल हुनसक्छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै नयाँ राजनीतिक कोर्स भएको बताए । शुक्रबार आफ्नो विपरितको गठबन्धन बनेपछि एमालेले सरकार छोड्ने संकेत गरिसकेको छ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलले गठबन्धन गरेपनि नेताहरूले सरकारका विषयमा भने छलफल नगरेको दाबी गरेका छन् । केन्द्र र प्रदेशका सरकारहरूबाट एमाले नबाहिरिएसम्म कांग्रेसले कुनै सरकारमा प्रवेश गर्नेभन्ने कुनै बाटो नभएको बताए । बैठकमा सहभागी एक नेताकाअनुसार चार नेताले आगामी पाँच वर्ष सरकार सञ्चालनका विषयमा समेत भागबण्डा गरेका छन् । ‘माओवादीले पहिलो साढे दुई वर्ष सरकार चलाउने, त्यसपछि एकीकृत समाजवादी र अन्तिममा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्ने समझदारी बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*